एनएफडिसी अवार्ड २०७४को उत्कृष्ट नव अभिनेता, अभिनेत्री आशिरमान र जसितालाई

काठमाडौं – बिहिबार नेपाल चलचित्र विकास कम्पनी लिमिटेड (एनफडिसी)को छैटौं अवार्ड संस्करण सम्पन्न भएको छ। काठमाडौंको हायात होटेलमा सम्पन्न यस संस्करणको अवार्डमा फिल्म ग्याङस्टरब्लुज बाट आसिरमान डिएस जोशी र फिल्म लिलिबिली बाट जसिता गुरुङ उत्कृष्ट नव अभिनेता अभिनेत्री घासित भए।

अवार्डमा अनमोल केसी उत्कृष्ट अभिनेता र ’ब्लाइन्ड रक्स’ बाट वेनिशा हमाल उत्कृष्ट अभिनेत्री घोषित भइन् । त्यसैगरि फिल्म ’शत्रु गते’ बर्ष उत्कृष्ट बन्यो भने निर्देशक मिलन चाम्सले फिल्म लिलिबिलीबाट बर्षको उत्कृष्ट निर्देशकको अवार्ड चुम्न सफल बने । त्यसैगरि नवअभिनेत्रीको अवार्ड फिल्म लिलिबिली बाट जसिता गुरुङले उचाल्न सफल बनिन् भने, नवानायकमा फिल्म ग्याङस्टरब्लुज बाट आसिरमान देशराज जोसीले अवार्ड प्राप्त गरे।

होटलको प्राङगणमा संञ्चालन गरिएको आवार्ड वितरण कार्यक्रम मौसमका कारण पुर्ण प्रभावित बन्यो। कार्यक्रममा उपस्थित सम्पुण कलाकर्मी तथा अतिथिहरु बर्षाका कारण मञ्च अगाडी बस्न सकेनन्। जसले गर्दा अभिकांस कलाकारहरुले कार्यक्रम खल्लो भएको प्रतिकृया दिएका थिए।

अवार्डकैलागि मुम्बईबाट नेपाल आएकी अभिनेत्री निरुता सिंहले समेत आफ्नो नृत्य प्रश्तुत गर्न असमर्थ भइन्। त्यस्तै अवार्ड कार्यक्रममा मनोरञ्जनका प्रश्तुतिहरु पनि बर्षाका कारण प्रश्तुत हुन सकनन्।

कार्यक्रममा युवा नायक अनमोल केसी, भुवन केसी,पल शाह, आँचल शर्मा, वेनिशा हमाल, प्रदीप खड्का, प्रशान्त ताम्राकार, अनुप विक्रम शाही, रमेश उप्रेती, निर्मल शर्मा लगायतको बाक्लो उपस्थिति रहेको थियो ।

अवार्ड विजेताहरुको सूचि

हिरा सर्वोत्कृष्ट फिल्म
शत्रु गते

प्रकाश सर्वोत्कृष्ट निर्देशक
लिलिबिलीः मिलन चाम्स

शिव सर्वोत्कृष्ट अभिनेता
अनमोल केसीः कृ

भूवन सर्वोत्कृष्ट अभिनेत्री
वेनिशा हमालः ब्लाइन्ड रक्स

नीर सर्वोत्कृष्ट सह–अभिनेता
प्रशान्त ताम्राकारः ऐश्वर्य

बसुन्धरा सर्वोत्कृष्ट सह–अभिनेत्री
केकी अधिकारीः ऐश्वर्य

चैत्य सर्वोत्कृष्ट नव–अभिनेत्री
लिलिबिलीः जसिता गुरुङ

गोपालराज सर्वोत्कृष्ट हाँस्य कलाकार
केदार घिमिरेः छक्का पन्जा २

चेतन सर्वोत्कृष्ट लेखन
सत्रु गतेः दीपकराज गिरी र प्रदिप भट्टराई

लक्ष्मीनाथ सर्वोत्कृष्ट कथा र संवाद
छक्का पन्जा २ः दीपकराज गिरी, जितु नेपाल, केदार घिमिरे र अभिमन्यू निरबी

मञ्जु सर्वोत्कृष्ट छायांकार
लिलिबिलीः सुदिप बराल

तुलसी सर्वोत्कृष्ट सम्पादक
सत्रु गतेः मित्र डी गुरुङ

शम्भुजित सर्वोत्कृष्ट संगीतकार
२ रुपैयाँः कुटुमा कुटु (राजनराज सिवाकोटी)

किरण सर्वोत्कृष्ट गीतकार
ए मेरो हजुरः कसम हो कसम (डा. कृष्णहरि बराल)

उदित सर्वोत्कृष्ट पाश्र्व गायन
सुगम पोखरेल र अन्जु पन्तः तिमी रोएको पल (ऐश्वर्य)

वसन्त सर्वोत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराजः रुपै मोहनी (सत्रु गते)

भुटानी सर्वोत्कृष्ट द्धन्द्ध निर्देश
चन्द्र पन्तः कृ

प्रदिप सर्वोत्कृष्ट ध्वनी मुद्रण
अमित श्रेष्ठः सत्रु गते

शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत
एलिस कार्कीः लिलिबिली

मह जुरी अवार्ड
रमेश बुढाथोकी, भुईँमान्छे

उत्कृष्ट सर्वोत्कृष्ट व्यवसायिक फिल्म
छक्का पञ्जा २

Got Something To Say: