चलचित्र ‘छ माया छपक्कै’काे ओभसिज राइट्स मुल्य एक कराेड

काठमाडाैं- चलचित्र ‘छ माया छपक्कै’ विदेशमा प्रदर्शनका लागि ‘ओभसिज राइट्स’ बिक्री भएको छ । निर्माण टिमले विदेशमा प्रदर्शनका लागि निसान बजगाईंलाई १ करोड १० लाखमा ‘ओभरसिज राइट्स’ बिक्री गरेका हुन् ।

केही सिन र गीतको छायांकन बाँकी रहँदै चलचित्र ‘छ माया छपक्कै’ विदेशका लागि बिक्री गरेको हो । यो निर्माण टिमले चलचित्रको केही सिन र गीत सुटिङ बाँकी राख्दै करिब ३८ दिनको सुटिङ सकेर ‘एन्डक्लाप’ गरेको थियो ।

चलचित्रलाई निर्देशक दीपेन्द्र लामाले निर्देशन गरेका छन् । निर्माण टिमका अनुसार धेरै मूल्यमा ओभरसिज राईट्स बिक्री भएको यो पहिलो चलचित्र हो । यस अघि ‘छक्कापञ्जा’ को डिजिटल र ओभरसिज राइट्स एक करोड १० लाखमा बिक्री भएको थियो ।

रोहित अधिकारीले आमा सरस्वती मुभिज सयुक्त रुपमा निर्माण गरेको चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी, जितु नेपाल, केदार घिमिरे, प्रकाश घिमिरे, सुपुष्पा भट्ट, शिशिर बाङ्देल, दीपक क्षेत्री, अनुराग कुँवरलगायतका कलाकाको अभिनय छ । चलचित्र दसैं छेकोमा प्रदर्शनमा आउँदै छ ।

Got Something To Say: