मेलिना राई र हरि लम्सालको स्वरमा ‘परानै दिन्छु…’ [भिडियाे]

काठमाडौं-  गायिका मेलिना राई र स‌गीतकार तथा गायक हरि लम्सालको स्वर रहेमा नयाँ गीत ‘परानै दिन्छु…’ सार्वजनिक भएको छ।

गीतमा प्रह्लाद साहको शब्द, गायक लम्सालकै संगीत तथा  चन्द्र चौधरीको मिक्सिङ र प्रकाश मिश्रको मास्टरिङ रहेको छ।

गीतकाे  म्युजिक भिडियाेमा कलाकार दयाहाङ राई र लक्ष्मी बर्देवा देख्न सकिन्छ। भिडियाेमा  दयाहाङ र लक्ष्मीको गहिरो प्रेमभाव प्रस्तुत गरिएको छ। सामान्य जनजीवनमा रमाइरहेकाे जाेडी  र त्यसमा भरिएकाे मायाका र‌ंगहरु  निर्देशक  निकेश खड्काले भिडियाेमा देखाउने प्रयास गरेका छन्।

थिएटर र  ठूलाे पर्दामा देखिदै आएका दयाहाङ र लक्ष्मीकाे अभिनय उत्कृष्ट रहेकाे छ।

Got Something To Say: