स्नेही काखका सन्तान सँगै रमाउन थालेका पल र आँचल

काठमाडौं – मानसिक सन्तुलन गुमाएर सडकमा भौतारिदै गरेका असहायहरुको मन्दिर हो स्नेही काख नेपाल। ललितपुरको एकान्त कुनामा रहेको उक्त स्नेही काखमा अहिले करिब ३२जना असहाय र मानसिक सन्तुलन गुमाएका सन्तानहरु राखिएका छन्।

सोहि सस्थाको सहयोग स्वरुप केही रकम प्रदान गर्न मंगलबार अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा त्यहाँ पुगे । पल र आँचलसँगै गीतकार सुरेश वाग्ले र म्युजिक भिडियो निर्देशक बिकास सुवेदी त्यहाँ संगै पुगेका थिए।

२०६७ सालदेखि स्नेहा पोखरेलको एक्लो प्रयासमा सञ्चालनमा आएको स्नेही काखका लागि मंगलबार अमेरिका बस्दै आएका लेलिन कँडेल र डिल्ली वाग्लेद्धारा क्रमशः ५० हजार र ५१ हजार २ सय ६२ सहयोग प्रदान गरियो ।

उक्त रकम अभिनेता पल शाह र अभिनेत्री आँचलको हात बाट हस्तान्तरण गरिएको थियो। गीतकार सुरेश वाग्लेको पहलमा अमेरिका बस्दै आएका कँडेल र वाग्लेको सहयोग हस्तान्तरण क्षणमा अभिनेता पलले आफ्नो अफिसियल फेसबुक एकाउन्टबाट पहिलो पटक लाइभ समेत गरेका थिए।

पलले जीवनमा राम्रो कामको सुरुवात सँगै फेसवुकमा लाईभ आउन सुरुवात गरेको समेत जानकारी गराए ।

गीतकार शुरेसले यस अघि अभिनेत्री आँचलको जन्मदिन बिशेषमा पनि संस्थाका लागि रु ५० हजार सहयोग प्रदान गरेका थिए। सोहि अनुरुप स्नेही काख संस्थाको सञ्चालनमा अझ सहजताकालागि अन्य व्यक्तीहरुको पनि चासो बढेको छ।

संस्थामा जव आँचल पुगीन्, त्यहाँ बसेका असहाय, तथा मानसिक सन्तुलन गुमेर सुधारको अबस्थामा रहेका सम्पुर्णमा खुसीको मुस्कान छाएको थियो। त्यहाँ रहेका बाल बच्चा तथा आमाहरुले आँचललाई सहजै चिनेका थिए। संस्थामा बस्दै

आएकाहरुको यस्तो व्यबाहरले अभिनेता पल पनि दंग थिए। आफुलाई समाजिक कार्यमा समय खर्चिन पाँउदा अत्यन्त खुसी बनेका पल र आँचलले आँउदा दिनमा संस्थाका लागि अझ केही गर्ने सोच रहेको बताए ।

आँचलले संस्थाप्रति सर्मपण गरेको समय यो तेस्रो पटक हो।

Got Something To Say: