कवी माधव घिमीरे अस्पताल भर्ना

काठमाडौँ – राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्पताल भर्ना भएका छन् ।

उनलाई रक्तस्राव भएपछि अस्पताल भर्ना गरिएको हो ।

मुटु, किड्नी र फोक्सोको समस्या देखिएपछि उनलाई एक साताअघि ग्रान्डी अन्तर्रा्ष्ट्रिय अस्पताल भर्ना गरिएको राष्ट्रकवि घिमिरेका छोरा राजीव घिमिरेले जानकारी दिएका छन् ।

आन्तरिक रक्तस्राव भएपछि हाई केयर युनिटमा राखेर अहिले उनको उपचार उपचार भईरहेको छ ।

उनान्सय वर्षीय घिमिरेको मुटु, मिर्गौला र फोक्सामा समस्या देखिएकाले विगत तीन महिनादेखि अस्पताल लाने र ल्याउने गरिँदै आइएको छ ।

Got Something To Say: