विश्वकपबाट बाहिरे सँगै रोनाल्डोले भने हाम्रो शिर झुकेको छैन

काठमाडौं – पोर्चुगलका क्याप्टेन समेत रहेका विश्वका उत्कृष्ट फुटबलर मध्येका एक हुन क्रिष्टियानो रोनाल्डो ।

रोनाल्डोले तत्काल अन्र्तराष्ट्रिय फुटबलबाट बिदा नलिने संकेत गरेका छन् ।

गएराती भएको विश्वकपको प्रि क्वाटरफाइनल बाट बाहिरि सँगै उनले यस्तो बताएका हुन् ।

उरुग्वेसँग २–१ ले पराजित भएसँगै पोर्चुगल विश्वकपको प्री–क्वार्टरफाइनलबाटै बाहिरिएको हो ।

यद्यपि, आफूहरुको शीर उच्च रहेको रोनाल्डोको भनाई रहेको छ ।

उरुग्वेविरुद्ध राम्रो खेल्दा खेल्दै पनि आफ्नो टिमले जित्न नसकेको उनले बताएका छन् ।

उनि भन्छन् ‘हामीले उरुग्वे भन्दा राम्रो खेल्यौं तर, जसले गोल गर्छ, उसले जित्छ । हामी जित्न चाहन्थ्यौं, प्रतिस्पर्धा पनि गर्यौं । तर उरुग्वेलाई बधाइ छ ।’

‘समग्रमा हामी आफ्नो शीर ठाडो पारेर फर्कदैछौ । पोर्चुगलको प्रतिनिधित्व गर्न पाएमा आफु गर्वाम्भीत भएको समेत उनले सुनाएका छन् ।’

उनले सन्यासबारे कुरा भने गर्न चाहेनन् ।

२०२२ मा कतारमा विश्वकप हुँदा रोनाल्डो ३७ वर्षको हुनेछन् ।

उनले भने, ‘मेरो भविश्यबारे कुरा गर्ने यो सही समय होइन ।’

पोर्चुगलले आफूलाई विश्वको उत्कृष्ट मध्ये एक टिमका रुपमा कायम राख्ने उनको विश्वास रहेको छ ।

Got Something To Say: