नयाँ प्रर्दशन मिति सहित फिल्म ‘प्रेमलिला’को ट्रेलर सार्वजनिक

काठमाडौं– फिल्म ‘प्रेमलिला’ले नयाँ प्रदर्शन मिति तय गर्दै ट्रेलर सार्वजनिक गरेको छ। फिल्म अब आँउदो चैते ८ गतेबाट प्रदर्शनमा आउने भएको हो।

नेपाल र भारतमा बसोबास गर्ने युवायुवती बीचको प्रेम र त्यसबाट उत्पन्न हुने विभिन्न उतारचढाव को विषयमा तयार पारिएको फिल्म हो ‘प्रेमलिला’

फिल्मकी अभिनेत्री दिपशिखा खड्को कथा, पटकथा तथा संवाद रहेको फिल्ममा खड्का सँगै भारतीय कलाकार अलि खान र मौसम खड्काको मुख्य अभिनय देख्न सकिन्छ।

पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको फिल्ममा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ।

नानीमैया कार्की र फैजिल फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्म प्रेमलिला यस अघि फागुन १० गतेबाट प्रदर्शनमा आउने तयारी भएपनि निमार्ण पक्षले प्राविधिक कारण देखाउदै फिल्मको प्रदर्शन मिति सार्वजनिक गर्न सकेको थिएन।

Got Something To Say: