गायक सरगमको ‘प्रेमको भिखारी’ सार्वजनिक

काठमाडौं– एक दशक अघि चर्चित गीति एल्बम ‘तिम्रो मनमा’ ल्याएर नेपली सांगीतिक आकाशमा गुञ्जिएका गायक गगन सरगम एक दशक लामो समयको अन्तरालपछि पुनः नेपाली आधुनिक गायनमा कमब्याक भएका छन्।

गगन दोश्रो सोलो गीति एल्बम ‘प्रेमको भिखारी’ मार्फत श्रोतामाझ आएका हुन्। निम संगितको संगीत तथा एरेन्जमेन्ट रहेको एल्बममा विभिन्न ५ गीतहरु समावेस छन्। एल्बममा निम संगितका अलवा नवराज घिमिरे ,लक्ष्मण पाण्डे र घनश्याम गौतमको शब्द सुन्न सकिन्छ भने एल्बममा सामबेश शिर्षगीत ‘प्रेमको भिखारी’’ को म्युजिक भिडियो पनि एकसाथ सार्बजनिक गरिएको छ ।

भिडियोमा गगन आफैले अभिनय गरेका छन् भने उनलाई जुना सुन्दासले साथ दिएकी छिन्। निशान घिमिरेको सम्पादन ,उत्सव दाहालको छांयाकन रहेको भिडियोलाई युबराज वाइबाले निर्देशन गरेका हुन्। यस अघि २०६५ मा आएको गायक सरगमको‘’तिम्रो मन’ एल्बमको तिम्रो मनमा फुल्न मन लाग्छ गीत पनि दर्शक स्रोतामाझ रुचाइएको गीत मध्ये पर्दछ।

सार्वजनिक गीतको भिडियो

Got Something To Say: