भारतबाट आएको पेट्रोलियम पदार्थको लोड तथा अनलोड ठप्प

वीरगन्ज – बाराको अमलेखगन्ज डिपोमा पेट्रोलियम पदार्थको लोडरअनलोड ठप्प भएको छ ।

भारतबाट नेपाल आउने ट्यांकर चालकलाई भारतीय प्रहरीले विना कारण पिटेको भन्दै ट्यांकर चालकहरु आन्दोलनमा उत्रिएपछि लोड अनलोड ठप्प भएको हो ।

आन्दोलनका कारण क्षेत्रीय डिपो अमलेखगन्जबाट हुने सम्पूर्ण लोड अनलोडको काम प्रभावित भएको नेपाल आयल निगमले जानकारी गरेको छ ।

ट्यांकर चालकहरुले भारतीय प्रहरीले आफूलाई निर्घात कुटपिट गर्दै ज्यान मार्नेसम्मको धम्की दिएको भन्दै निगम अगाडि धर्ना दिएका छन् ।

भारतीय प्रहरीको ज्यादती नरोकिएसम्म ट्यांकर लोड तथा अनलोड नगर्ने चालकहरुले बताएका छन् ।

निगमका उपप्रबन्धक रामहरि निरौलाले आफूहरु समक्ष कुनै औपचारिक माग नआए पनि चालकहरु आन्दोलित भएको भन्ने जानकारी पाएको बताएका छन् ।

यसअघि पनि चालकहरुले भारतीय प्रहरीबाट दुव्र्यवहार हुने गरेको भन्दै गुनासो गर्ने गरेको र आन्दोलित पक्षसँग वार्ता गर्ने उनले जानकारी दिएका छन् ।

Got Something To Say: