अशोकको फिल्ममा नीता र साम्राज्ञीसँगै अब खुश्बु पनि

काठमाडाैं- निर्देशक अशोक शर्माले निर्माण गर्न लागेकाे फिल्म ‘रातो टिका निधारमा’का लागि ३ नायिका फाइनल भएका छन् । शर्माले सबैभन्दा पहिले नायिका नीता ढुंगानालाई फिल्ममा अनुवन्धित गरेका थिए । यसपछि, शर्माले सोमबार मात्रै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फाइनल गरे।

फिल्मका लागि साम्राज्ञीले १६ लख पारिश्रमिक लिएको चर्चा चलचित्र वृत्तमा अहिले पनि चलिरहेकाे छ।

अशोकले फिल्मका लागि अर्की नायिकालाई पनि फाइनल गरेका छन् । उनले नायिका खुश्वु खड्कालाई फिल्ममा अनुवन्धित गरेका हुन् । फिल्म क्षेत्रमा लामो समय बिताएपनि खासै सफलताको स्वाद चाख्न नपाएकी खुश्वुका लागि ‘रातो टिका निधारमा’ आशातित मानिएको छ ।

फिल्ममा अशोकका छोरा अंकित शर्माले डेब्यू गर्न लागेको चर्चा समेत चलेको छ । फिल्मकाे छायांकन वैशाखबाट सुरु हुनेछ भने दशैंबाट फिल्म रिलिज हुनेछ ।

Got Something To Say: