शिल्पी थिएटरमा मञ्चन भइरहेको छ नाटक ‘शकुन्तलाको औंठी’

काठमाडौं– शिल्पी थिएटर बत्तिस पुतलमीमा नाटक ‘शकुन्तलाको औंठी’ मञ्चन गत शुक्रबारबाट सुरु भएको छ। सुरेन्द्र वर्माको कथारहेको ‘सकुन्तलाको औंठी’लाई सुरज मल्लले निर्देशन गरेका हुन्। एक्टर्स स्टुडियोको प्रस्तुति रहेको नाटक शिल्पी थिएटरमा मञ्चनरत छ। नाटकमङ्सिर ७ गतेदेखि पुस ७ गतेसम्म मङ्गलबार बाहेक हरेक साँझ ५ बजे नाटक मञ्चन हुनेछ।

भारतीय नाटककार सुरेन्द्र वर्माको अस्तित्ववादी नाटकलाई नेपाली अनुवाद र निर्देशन सुरज मल्लले गरेका हुन्। नाटकमा शकुन्तलाको हराएको औँठीको बिषयलाई उच्च प्राथमिकतामा प्रस्तुत गरिएको छ। जहाँ औँठी खोज्ने कार्य मात्र हैन, हराएको औँठीसंगै गासिएका सम्बन्ध र छुट्दै गएका भावनाहरु अनि रंगमञ्चको साधनामा हरेक रंगहरुसंगको आत्मिय न्यानोपनमा परेको तुषारोको प्रतिविम्ब हो ‘शकुन्तलाको औँठी’।

पौरणिक कथा मात्र समावेस छैन नाटकमा, शकुन्तलाको प्रेम अनि रंगमञ्चिय लगावको आधुनिक गाथा लाईलाई प्रस्तुत गरिएको छ यहाँ।

नाटकमा कलाकारहरु सुरज मल्ल, आशीष श्रेष्ठ, रन्जना भट्टराई, दीया मास्के, अनुप न्यौपाने, प्रणव केसी, अनिल थापा, विकास न्यौपाने, रोशन खत्री, अनु दाहाल, प्रकृति रायमाझी, प्रमिला कार्की, नीर्मला खत्री, सुनिल खड्का, प्रकाश कट्टेल, हेना नगरकोटी लगायतको अभिनय रहेको छ।

मञ्चनरत नाटकमा प्रयोग सांगीतिक प्रस्तुतिमा शब्द, संयोग गुरागाईंको रहेको छ। सांगीतिक प्रस्तुतीमा उत्सव बुढाथोकीको स्वर र संगीत रहेको छ। वाद्यवादनमा भने विकास लामा, विशाल नकर्मी, योगेश भुषालले साथ दिइरहेका छन्।
नाटक शिल्पी थिएटरमा मञ्चन भइरहेको छ। नाटक मङ्गलबार बाहेक हरेक साँझ ५ बजेबाट सुरु हुन्छ। शनिबार भने दिउँसो साढे एक बजे र साँझ ५ गरि २ पटक नाटक मञ्चन हुँदै आएको छ।

Got Something To Say: