सुमित पाठककाे आफ्नो पहिलो गीत ‘समाचार’ सार्वजनिक [भिडियाे]

ठमाडौं- नेपाल आइडलका गोल्डेन माइक विजेता तथा दर्शकको मन जित्न सफल सुमित पाठकले आफ्नो पहिलो गीत ‘समाचार’ लिएर आएका छन्।

नेपाल आइडलमा सहभागी भएपछि उनले गाएको पहिलो गीत हो ‘समाचार’। काली प्रसाद बास्कोटाको शब्द/ सङ्गीत रहेको गीतको भिडियो बिहीबार जी २१ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

गीतको भिडियोमा शिक्षा सङ्ग्रौला फिचर्ड छिन् भने साथमा सुमितको पनि उपस्थिति रहेको छ। भिडियोलाई लोकेश बज्राचार्यले निर्देशन गरेका हुन भने असीम शाह कृएटिभ डिरेक्टर हुन्।

यसअघि सुमितले विभिन्न कभर गीतहरू गाइसकेका छन् जसबाट उनलाई दर्शकको धेरै माया मिलिरहेको छ।

जी २१ डिजिटलको प्रस्तुति यस गीतसँगै सुमित एक वर्षको लागी यसै कम्पनीमा आबद्ध भएका छन्।

 

Got Something To Say: