संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब खेल तालीकाको शिर्ष स्थानमा

काठमाडौं – संकटा क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

सोमबार सातदोबाटोस्थित एन्फा मैदानमा भएको चौथो चरणको पहिलो खेलमा आर्मीले संकटालाई ५–१ ले हरायो ।

खेलमा आर्मीलाई विजयी गराउन टेकबहादुर बुढाथोकीले दुई गोल गरे भने भरत खवास, सन्तोष तामाङ र दिनेश हेन्जनले एक एक गोल गरेका थिए।

पराजित टोली संकटाका विदेशी खेलाडी म्याक्सवेल एलोनले एक सान्त्वना गोल फर्काएका थिए ।

जितसँगै आर्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।

जारी लिगमा अपराजित रहेको आर्मीले ४ खेलबाट १० अंक जोडेको छ ।

समान खेलबाट ९ अंक जोडेको संकटा क्लब तेस्रो स्थानमा झरेको छ ।

एक खेल कम खेलेको मनाङ–मर्स्याङ्दी क्लब ९ अंक सहित दोस्रो स्थानमा छ ।

Got Something To Say: