सात कलाकारका साथमा ‘सप्तरङ्ग’ सांगितिक यात्रा हुँदै (भिडियो सहित)

काठमाडौं – गृष्मा ब्रोडकाष्टिड. प्रा.लीको आयोजनामा ‘सप्तरङ्ग’ एक पृथक सांगितिक यात्रा हुने भएको छ। सद्भाव र ऐक्यवद्दताको मुख्य उदेश्य सहित उक्त कार्यक्रमको आयोजना गर्न लागिएको आइतबार नेपाल पर्यटन वोर्ड भृकुटी मण्डपमा आयोजित पत्रकार सम्मेलनमा आयोजकले जानकारी गराएको हो। कार्यक्रममा सातै प्रदेशको प्रतिनिधित्व हुने गरी कलाकारहरुको छनोट गरिएको छ ।

माघ १८ गते देखी फागुन २ गते सम्म हुने कार्यक्रममा गायक रामकृष्ण ढकाल, प्रमोद खरेल, गायिका इन्दिरा जोशी लोकगायक पशुपति शर्मा, मोडल अन्जली अधिकारी, कमेडियन सन्दीप क्षेत्री र खेलाडी दीपक बिष्ट समाबेश छ्न् ।

‘सप्तरङ्ग’ माघ १८ गते दमकबाट सुरु हुनेछ । यसपछि, माघ २० गते जनकपुर, माघ २२ गते नारायणगढ, माघ २४ गते बुटबल, माघ २६ गते सुर्खेत, माघ २८ गते धनगढी र फागुन २ गते पोखरामा आयोजना हुनेछ । कार्यक्रममा उपस्थित हुनका लागि दर्शकले कुनै शुल्क तिर्नुनपर्ने आयोजकले बताएको छ ।

सांगितिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकिय स्थानको प्रबर्धन र सम्भावनाको खोजी गरिने आयोजक संस्थाका प्रमुख गृहेन्द्र घिमिरेले जानकारी दिए । यता कार्यक्रममा सहभागी कलाकारहरुले पनि व्यासायिक भन्दा पनि सद्भाव जोडिएको कार्यक्रम भएकोले सहभागी हुन पाउँदा एकदमै खुसी भएको बताएका छन्।

भिडियाे

Got Something To Say: