रितिका जिरेलको सारीको छेउ बजारमा

काठमाडौं – गायिका रितिका जिरेलको नयाँ आधुनिक सारीको छेउ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । जिरेलको आवाजमा रहेको यस गीतमा संगीत पनि जिरेलनै दिएकी छिन् ।

गीतमा जिरेलकै शब्द रहेको सार्बजनिक गीतलाई इन्द्र जिसिले एरेञ्ज गरेका छन् ।

टी टाइम म्यूजिको यूट्युव च्यानलबाट सार्बजनिक भएको यस गीतको भिडियोलाई टंक केसीले खिचेका हुन् भने मदा खड्काले निर्देशन गरेका छन् । रमाइलो गर्दा सारी मिलाए देउन भन्ने शव्दलाई सर्जकले गीतमा उतारेका छन्।

उक्त गीतको भिडियोमा गायिका रितिकासँगै हास्य कलाकार भिम केसी, ऋृतु लामा, रुख्मिला, समिक्षा, सनाया र रमिताले अभिनय गरेका छन् भने सम्पादन बिकाश ज्ञवालीले गरेका छन् ।

भिडियो

 

Got Something To Say: