सत्याकृत ब्याण्डको ‘आउ फर्केर’ सार्वजनिक (भिडियो)

काठमाडौं – सत्याकृत फाउण्डेशन अन्र्तगत सत्याकृत ब्याण्डले ‘आउ फर्केर’ बोलको गीत सार्वजनिक गरेको छ ।

शिवरात्री नजिकिदै गर्दा उक्त गीत सार्वजनिक गरिएको हो।

सार्वजनिक गीतले हाम्रो मौलिक, बैदिक संकृती र परम्परामा फर्कन आवश्यक छ भन्ने भावलाई दर्शाउछ।

गीतले नेपालीलाई आत्मस्वरुप र शान्तिस्वरुपमा फर्काउने दाबी समेत सत्याकृत फाउन्डेशनको छ ।

श्रीहजुरको शब्द रहेको गीतमा प्रदिप लामाको स्वर रहेको छ। सत्याकृतको निर्देशनमा तयार भएको गीतको एरेन्ज गायक लामाको आफ्नै रहेको छ।

गीतको मिक्सिङ तथा मास्टरिङ भने उज्वल श्रेयन महतको रहेको छ।

भिडियो-

 

Got Something To Say: