मिस नेपाल २०१८को क्राउन हेटौडाकी श्रृङ्खला खतिवडालाई

काठमाडौं – बर्ष २०१८को ‘मिस नेपाल वल्र्ड’को ताज हेटौडाकी श्रृङ्खला खतिवडाले जित्न सफल भएकी छन् । सहभागी अन्य २४ प्रतिस्पर्धीलाई पछि पार्दै खतिवडाले उक्त ताज जितेकी हुन्।
बुधबार राति काठमाडौंको होटेल अन्नपुर्णमा सम्मपन्न प्रतिश्पर्धामा खतिवडाले मिस नेपाल वल्र्ड सहित अन्य २ टाइटल अवार्ड पनि प्राप्त गरेकी छन् ।

प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको प्रश्न ‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’भन्नेमा उत्कृष्ट जवाफ दिदै उनले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हातपारेकी हुन्।
खतिवडाले यस उपाधि जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् ।

यस्तै, ‘मिस नेपाल यूनिभर्स’को उपाधि मनिता देवकोटाले जितेकी छिन् । उनलाई, सन् २०१७ कि ‘मिस नेपाल अर्थ’ नग्मा श्रेष्ठले क्राउन लगाइदिएकी थिइन् । मनिताले ‘मिस यूनिभर्स’मा नेपालको प्रतिनिधित्व गर्ने्छिन् । मनिताले मिस यूनिभर्सको उपाधि सँगे नगद १ लाख पनि प्राप्त गरेकी छन् ।

प्रिया सिग्देल प्रतियोगितामा ‘मिस नेपाल अर्थ’को उपाधि हातपारेकी छन् । प्रियाले मिस नेपाल अर्थ सँगै नगल १ लाख पुरस्कार प्राप्त गरिन् । प्रियाले पनि यस बर्षको ‘मिस अर्थ’मा नेपालको प्रतिनिधित्व गर्ने छिन्।
यस्तै, ‘मिस नेपाल इन्टरनेशनल’को उपाधि रोनाली अमात्यले जितेकी छिन् । उनले पनि ‘मिस नेपाल इन्टरनेशनल’को क्राउन सँगै नगद १ लाखको पुरस्कार प्राप्त गरेकी छन् ।

यसैगरि प्रतियोगीतामा अन्य टाइटल अवार्डहरु समेत प्रदान गरिएको थियो । उक्त टाइटल अवार्ड अन्र्तरगतः
ब्यूटिफूल हेयरः श्रृङ्खला खतिवडा
मिस फ्रेन्डसिपः साहारा लामा
मिस फोटोजेनिकः महिमा सिंह
मिस पक्चुअलः लक्ष्मी पौडेल
मिस इन्टेलेक्चुअलः आश्मा ढुंगाना
मिस बेष्ट ऐथ्लिटः मेघा श्रेष्ठ
मिस कन्फिडेन्टः आस्था साख
मिस फ्याशिनोः श्रृङ्खला खतिवडा
मिस ग्ल्यामरः मनिता देवकोटा
मिस पपुलर च्वाइसः सन्ध्या अधिकारी
मिस ट्यालेन्टः रोनाली अमात्य
ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देलले प्राप्त गरेका छन् ।

Got Something To Say: