मेलिना र सुनिलको हिँड कान्छी (भिडियो)

काठमाडौं– चर्चित गायिका मेलिना राई र सुनिल छिदालको नयाँ गीत सार्वजनिक भएको छ ।

सार्वजनिक ‘हिँड कान्छी’ बोलको गीतमा मदन सेलिङ लिम्बुको शब्द तथा उत्तमजंग लिम्बुको संगीत रहेको छ। पूर्वेली चुट्के तथा लोक आधुनिक जनरामा तयार गीतमा अन्जु चौलागाई, मदन सेलिङ र मिलन श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ ।

नेपालका विभिन्न प्राकृतिक मनोरम दृश्य समेटेर तयार गीतको भिडियोलाई जसु याक्खाले निर्देशन गरेका हुन् भने भिडियोमा मुकेश हुमागाईको छायांकन तथा अमृत चापागाईको सम्पादन रहेको छ।

 

Got Something To Say: