वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई संगीतकार संघको सम्मान

काठमाडौं– संगीतकार संघ नेपालले मेची–महाकाली सांगीतिक अभियान सुरु गरेको छ । राष्ट्रिय एकता र सद्भावका लागि थालिएको मेची–महाकाली अभियान ७७ वटै जिल्लामा र्पुयाइने संघले जानकारि गराएको छ ।

यस्तै शुक्रबार वरिष्ठ गायक प्रेमध्वज प्रधानलाई संगीतकार संघले सम्मान समेत गरेको छ । प्रधानलाई उनको निवास बागबजारबाट रथारोहण गरी आर्मी अफिर्सस क्लब र्पुयाइएको थियो ।

मेची–महाकाली सांगीतिक अभियानको प्रथम दिन आर्मी अफिसर क्लबमा नेपालका ख्यातीप्राप्त गायक गायिकाहरुले आफ्नो प्रश्तुती दिएका थिए।

 

 

 

 

 

अभियानको उद्देश्य नेपाली संगीतको उत्थान, र प्रर्वधन गर्दै विभिन्न जातजाति तथा भाषा–भाषीको कला संरक्षण गर्ने रहेको आयोजकले जनाएको छ ।

Got Something To Say: