मिर्गौला पिडितको लागी स्टेजमा प्रश्तुति दिदै रवि ओड

काठमाडौं– नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले मिर्गौला को सहयोगार्थ गीत गाउने भएका छन् ।

यही साउन २० गते नेपालगन्जमा सांस्कृतिक कार्यक्रमको आयोजना गरि पिडित हेमन्त सिहं ठकुरीको सहयोगका लागी गीती कार्यक्रमको आयोजना भएको हो ।

उक्त सांस्कृतिक कार्यक्रममा रवीले कम्तीमा पनि ५ वटा गीत गाउने आयोजकले जानकारी दिएको छ ।

‘उनले गीत गाएवापत कुनै शुल्क लिने छैनन्। मिर्गौंला पीडितको लागि निःशुल्क प्रश्तुति दिन लागेको कुरा हेमन्त बचाउ अभियानका संयोजक आशिष मल्ल ठकुरीलेले जानकारी दिएका छन् ।

कार्यक्रममा गायक ओडका साथै लोक गायिका निर्मला थापा मगर, पप गायक , गायिक विशाल निरौला र उमा गुरुङ भट्टराई, डान्सर मेघना मगरको प्रस्तुति दिने बताइएको छ ।

सल्यान जिल्लाको बानगाड कुपुण्डे नगरपालिका ७ घर भएका हेमन्त सिंह ठकुरीको विगत ८ महिनादेखि दुवै मृगौलाले काम गर्न छोडेपछि उनि हाल उपचारमा छन् ।

Got Something To Say: