गायक राजेश पायल राई १ लाख पुरास्काद्धारा सम्मानित

दिक्तेल– गायक राजेशपायल राईलाई रु एक लाख राशिको पुरस्कार सहित सम्मान गरिएको छ ।

खोटाङमा जन्मिएका गायक राइलाई गृहनगर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले बुधबार नगदसहित सम्मान गरेको हो ।

गायनको माध्यमबाट नगरपालिका तथा जिल्लालाई देशरविदेशमा चिनाएको भन्दै गायक राजेशपायललाई एक लाख ‘नगर पुरस्कार’ प्रदान गरिएको नगरप्रमुख दिपनारायण रिजालले जानकारी दिएका छन् ।

गायक राइलाई बुधबार आयोजना गरिएको दोस्रो नगर दिवसको अवसरमा पुरस्कृत तथा सम्मान गरिएको हो ।

उनी नगर दिवसको अवसरमा आयोजित कार्यक्रममा उपस्थित नभए पनि विशेष कार्यक्रमको आयोजना गरेर पुरस्कार हस्तान्तरण गरिने नगरपालिकाले जनाएको छ ।

नगर दिवसको अवसरमा अन्य विविध विद्याका उत्कृष्ट व्यक्ति तथा संस्थालाई पनि पुरस्कृत गरिएको बताइएको छ ।

Got Something To Say: