आफ्नो इलाकामा प्रवेश गरेको भन्दै इजराईलले झार्यो सिरीयाली विमान

काठमाडौं – इजरायलको सीमामा प्रवेश गरेको सिरियाको एक विमानलाई इजरायलले आक्रमण गरेर झारेको छ ।

इजरायलको गोलान पहाडी इलाकामा उडान भरिरहेको उक्त बिमानलाई इजरायली सेनाले निशाना बनाई तल झारेको हो ।
बिमान चालकको अवस्थाबारे केही स्पष्ट पारिएको छैन । सिरियाले सो इलाकामा रहेको विद्रोही समूहको अखडालाई लक्षित गरी बारम्बार हवाई आक्रमण गर्ने गरेका छन् ।
विमान खसालेपछी आगलागी भएको र उक्त क्षेत्रका केही भवन नष्ट भएका छन् । (एजेन्सी)

Got Something To Say: