विश्वकै अग्लो स्थानको ‘स्मार्ट फिल्म सिटी’ लमजुङमा बन्दै

काठमाडौं – लमजुङको बेसीसहरमा नेपालको पहिलो ‘स्मार्ट फिल्म सिटी’ बन्ने भएको छ।

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा स्काई इन्टरटेन्मेन्ट इन्भेस्टमेन्ट प्रा.लि. र नेपाल एन्ड वर्ल्ड एरिया होल्डिङ कम्पनीबीच उक्त स्मार्ट फिल्म सिटी निर्माणको सहमति भएको हो।

उक्त फिल्म सिटी निर्माणका लागि ५ अर्ब ९० करोड लाग्ने अनुमान गरिएको छ।
नेपालका तर्फबाट स्काइ इन्टरटेनमेन्टका सञ्चालक एवं नेपाल निर्माता संघका अध्यक्ष आकाश अधिकारीले र इटालियन कम्पनीतर्फबाट कम्पनीका प्रमुख फ्रानसिस्को सिग्निरियल्लोले उक्त सहमतिमा हस्ताक्षर गरेका हुन् ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँसकोटा, नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, फिल्मकर्मी तथा अन्य सरोकारवालाको उपस्थितिमा दुई पक्षबीच सहमति पत्रमा हस्ताक्षर गरिएको हो।

वर्ल्ड स्काइ सिने भिलेज नाम दिइएको फिल्मसिटी बेसीसहर नगरपालिकाको वडा नं. ३, ४, ५ र ९ मा रहनेछ।
५ हजार रोपनी क्षेत्रफलमा फैलिने यो क्षेत्र नेपालकै पहिलो, ठूलो र सुविधायुक्त फिल्म सिटीका रूपमा हेरिएको छ। समुद्रीसतहभन्दा २०६० देखि २९०० मिटरसम्म उचाइमा रहने उक्त फिल्म सिटी संसारकै अग्लो ठाउँको फिल्म सिटी पनि हुनेछ।फिल्म सिटी आगामी २ देखी ३ बर्ष भित्रमा निमार्ण गरि सक्ने कम्पनिको लक्ष्य रहेको छ ।

Got Something To Say: