युट्युव ट्रेन्डिङमा शिव परियार र कार्टुन क्रु को ‘ह्याप्पी ह्याप्पी’

काठमाडाैं – नयाँ बर्ष २०७६को उपलक्ष्यमा आइतबार सार्वजनिक नयाँ गीत ‘ह्याप्पी ह्याप्पी’ युट्युट्व टेन्ड्रङमा परेको छ। शिव परियारको स्वर, सुरेश वाग्लेको रचना र चर्चित डान्स ग्रुप काटुर्न क्रुको अभिनय रहेको ‘ह्याप्पी ह्याप्पी’ बोलेको गीत युट्युवको ट्रेन्डिङमा पर्न सफल भएको हो।

अपलोड गरिएको छोटो समयमै धेरैको मन जित्न सफल गीतले अझ धेरै दर्शक स्रोताको मन जित्नेमा आशाबादी रहेको रचनाकार वाग्लेका भनाई छ। गीतमा हरी लम्सालको सङ्गीत सुन्न सकिन्छ। ‘कार्टुन क्रु’ का सरोज अधिकारी र आस्मा वि.क. सहित साथीहरुको अभिनय रहेको गीतको भिडियोमा गायक परियारको समेत अभिनय रहेको छ।

सार्वजनिक आधुनिक रोमान्टिक गीतको भिडियोलाई राम केसीले छायांकन गरेका हुन् भने, भिडियोमा राजीभ समरको कोरियोग्राफी तथा टेकेन्द्र शाहको निर्देशन, सम्पादन, कलरिङ तथा, भिएफएक्स रहेको छ।

‘ह्याप्पी ह्याप्पी ‘’ बोलको गीतलाई नेपाली वेबसाईट युट्युब च्यानल मार्फत हेर्न सकिन्छ।

Got Something To Say: