रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रमा सामूहिक कला प्रदर्शनी सुरु

काठमाडौं – मंगलबारबाट काठमाडौंको कमलपोखरीस्थित रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रमा सामूहिक कला प्रदर्शनी सुरु भएको छ ।

‘इलिसियन’ शीर्षक दिएको उक्त कला प्रदर्शनी न्यु समिट कलेज – युनिभर्सल कलेज मैतिदवी, रुसी विज्ञान तथा सांस्कृतिक केन्द्र र नेपाल रसिया आर्ट क्लबको संयुक्त आयोजनामा सुरु भएको हो ।

प्रदर्शनीको नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानका सदस्यसचिव बिपिनकुमार घिमिरेले उद्घाटन गरेका थिए । कार्यक्रममा घिमिरेले कलाको अन्तर्रा्ष्ट्रिय भाषा हुने भएकाले यसले देशको पहिचानलाई फैलाउनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

त्यस्तै, रुसी विज्ञान तथा सांस्कृतिक केन्द्रका डेपुटी डाइरेक्टर एलेक्सी कोटल्यारोमले कलाले मानिसलाई अन्तर्रा्ष्ट्रिय रुपमा जोड्ने बताएका थिए ।

प्रदर्शनीमा कर्णजंग नेपाली, नवीन घर्तीमगर, विशाल सुवेदी, विजय रिजाल, कृतिशा चुल्याद्य, सहिल शाही ठकुरी, राम घलान, आश्वासन मिश्र, निकिता श्रेष्ठ, हरिहर खत्री, मिङ्मा तामाङ, सुजल श्रेष्ठ, ओमप्रकाश सिंह, नवीन नापित, साहिल महर्जन, पूर्णिमा राई, हरिराम चौधरी, सुचान महर्जन, प्रभात राई, असिमता राई, बिदेल राई, कृति तिमिल्सिना, आशिष धिमाल, पासाङ डोल्मा शेर्पा लगायतका कलाकार सहभागी रहेका छन् ।

न्यु समिट – युनिभर्सल कलेजमा अध्ययनरत् साढे दुई दर्जन विद्यार्थीका चित्र तथा मूर्ति प्रदर्शनीमा राखिएको छ । प्रदर्शनी एक सातासम्म चल्ने आयोजकले बताएको छ ।

Got Something To Say: