सुगम पोखरेलको १७ औँ विवाह वर्षगाँठ उपहार ‘कसरी सम्झाउँ [भिडियाे]

काठमाडाैं-  गायक सुगम पोखरेलको नयाँ गीत सार्वजनिक गरिएको छ। एल्बम ‘श्वेत हंशिनी’मा समावेश ‘कसरी सम्झाउँ’ बोलको गीत युट्युब सर्वजनिक गरिएको हो।

विवाहको १७ औं वर्षगाँठको उपहार भन्दै सुगमले सामाजिक सञ्जालमा गीत रिलिजबारे जानकारी दिएका हुन्। गीतमा शब्द, संगीत तथा स्वर सुगमकै रहेको छ। जसमा संगीत संयोजन शैलेन्द्र प्रधानको रहेको छ।

गीतको भिडियोमा अमेरिकाको सांगीतिक टुरमा खिचिएका दृश्यहरु समावेश गरेका छन्। भिडियो छायाँकन सरोवर कसजुले गरेका छन् भने दृश्य सम्पादन सुप्रिम पराजुलीको रहेको छ।

 

Got Something To Say: