वास्तविक जोडीको पहिलो म्युजिक भिडीयो बन्यो यस्तो (भिडीयो)

काठमाडौं – नायक निश्चल बस्नेत र नायिका स्वस्तीमा खड्का अभिनीत तथा महेश काफ्ले र मेलिना राईको स्वरमा रहेको ‘नाच फिरिरी’ गीतको भिडियो सार्वजकि भएको छ ।

उनीहरु यसरी म्युजिक भिडियोमा पहिलो पटक एकसाथ देखिएका हुन् ।

सार्वजनिक गीतमा यो वास्तविक जोडीले जमेर अभिनय गरेका छन् ।

गीतको भिडियोमा निश्चल र स्वस्तिमालाई पोखराको नृत्य समूह क्रिस्टल क्लुजले साथ दिएको छ।

जि २१ डिजिटलको प्रस्तुति रहेको गीतमा गायक काफ्लेकै शब्द, संगीत छ रहेको छ भने गीतलाई रिकेश गुरुङले एरेन्ज गरेका छन्।

पोखरा आसपासका विभिन्न स्थानमा छायाँकन गरिएको भिडियोलाई निश्चल बस्नेत आफैंले निर्देशन गरेका हुन् ।

 

Got Something To Say: