अब नयाँ कानुन् बसाँई सरी आउनेलाई एक लाख, व्यवसायिक काम गरे पाँच लाख अनुदान

तेह्रथुम – तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आउने नागरिकलाई एक लाख रुपैयाँ दिने निती ल्याएको छ ।

गाउँपालिकाले उनीहरूलाई व्यावसायिक काम गरेमा पाँच लाख रुपैयाँ अनुदान दिने समेत घोषणा गरेको छ।

नेपालमा पहिलोपटक यो गाउँपालिकामा बसाइँ सराइ गरी आउने नागरिकलाई व्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएको बताईएको छ ।

आगामी पाँच वर्ष्भित्रमा गाउँपालिकाको जनसंख्या २५ हजारभन्दा माथि पुर्याउने लक्ष्यका साथ यस्तो कार्यक्रम ल्याइएको बताइएको छ ।

गाउँपालिका बाहिरबाट बसाइँ सरी आउने नागरिकले व्यावसायिक योजनाको आधारमा गाउँपालिकाले एक लाख इनाम र पाँच लाख व्यवासायिक अनुदान दिने भएको प्रमुख सन्तवीर लिम्बुले जानकारी दिएका छन् ।

Got Something To Say: