लिरिकल भिडियोमा गजलकार सुरेश वाग्लेको नयाँ गजल‘तिमी साह्रै राम्री’

काठमाडौं– गजलकार सुरेश वाग्लेको नयाँ गजल ‘तिमी साह्रै राम्री’को लिरिकल भिडियो सार्वजनिक भएको छ।

उक्त भिडियो शुक्रबार ‘नेपाली वेबसाइट’को अफिसियल युट्युव च्यानलमार्फत सार्वजनिक भएको हो। वाग्लेको केही समय अघि सार्वजनिक ‘तिमि साथ भएपछि’ एल्वममा समावेस यस गजलमा मदन गोपालको सङ्गीत तथा स्वर सुन्न सकिन्छ।

गजलको एरेन्ज पाकिस्तानी एरेन्जर इमाद रहमानलेले गरेका हुन् । उक्त गजलमा पाकिस्तानको कराँची सरहरमा स्टुडियोका सम्पुर्ण काम सकेर काठमाडौंको म्युजिक नेपालमा भोकल भरिएको थियो।

गजलका बिषयमा नेपाली वेबसाइटसँग कुरा गर्दै गजलकार वाग्लेले करिब २० बर्षअघि विद्यार्थी जीवनमा बिरगन्जमा रहँदा रचना गरेको गजल दर्शकस्रोतामाझ ल्याउन पाएकोमा खुसी व्यक्त गरे।

गजलकाे भिडियाे

 

Got Something To Say: