यौन प्यासले छटपटिएका तिन युवा (भिडियो)

काठमाडौं –चलचित्र मिस्टर भर्जीनको ट्रेलर सार्वजनिक भएको छ ।

आइतबार काठमाडौंमा एक पत्रकार सम्मेलनको आयोजना गरि चलचित्र निर्माण टिमले चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

तिन युवाहरुको यौन मनोविज्ञानमा आधारित रहेको उक्त चलचित्रको ट्रेलरमा कलाकार गौरव पहारी, विजय बराल, कमलमणि नेपाल कमेडी भुमिकामा देखिएका छन् ।

काठमाडौंको ठमेलमा अधिकांस दृष्यहरु छायांकन गरिएको चलचित्रमा अभिनेत्री मरिस्का पोखरेल भने यौन पेशा कर्मीको भुमिकामा देखिएकी छन् ।

चलचित्रको ट्रेलरमा गौरव, विजय र कमलमणि यौनको प्यासी भएर भौतारिएका छन् ।

यौन प्यासकै कारण उनिहरुले केटीहरुको हातको कुटाई समेत सहन पुगेका छन् ।

वल्र्ड वाइड फिल्म्सको ब्यानरमा निर्माण भएको ‘मिस्टर भर्जिन’ लाई विशारद बस्नेतले निर्देशन गरेका हुन् ।

बस्नेतको डेब्यु निर्देशन रहेको यस फिल्ममा गौरव, विजय र कमलमणि, मरिष्काका साथमा भोलाराज सापकोटा, रवीन्द्र झा, सिर्जना सुब्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

महेश दवाडीको कथा, रामेश्वर कार्कीको छायांकन, विक्रम स्वाँर, दीपक याम सिंहको कोरियोग्राफी रहेको फिल्मलाई मिलन डी. काप्रीले सम्पादन गरेका हुन् ।

चलचित्र आगामी भाद्र १ गतेबाट आउने छ ।

Got Something To Say: