फिल्म लम्फुको ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं– नेपाली फिल्म लम्फुको ट्रेलर सार्वजनिक भएको छ। बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । बैशाख २८ गते बाट नेपाल भरि एक साथ प्रर्दशनमा आउन लागेको फिल्मको ट्रेलरमा समाजमा बेरोजगार युवा युवति (लम्फु)हरुको कथालाई देखाइएको छ।

ज्योतिष समय अनुसार बिहिबार मध्यान्न ३ बजे सार्वजनिक ट्रेलरमा, अभिनेता सलोन बस्नेत, कबिर खड्का, अभिनेत्री मरिस्का पोख्रेललाई बिशेष प्राथमिकतामा प्रश्तुत गरिएको छ।

कुसुम श्रेष्ठ (तरकारीवालि)को पनि अभिनय रहेको फिल्मको ट्रेलरमा कुसुमको भुमिकालाई भने निकै छोट्याएर प्रश्तुत गरिएको छ।

गोपालचन्द्र लामिछानेको निर्देशनमा तयार ‘लम्फू’ मा चाँदनी शर्मा, सञ्जित भण्डारी, आयन खड्का, ओम गुरुङ्ग, अजित लामिछाने, सन्तोष कार्की, कुशल गुरुङ, कुशाग्र भट्टराई (बालकलाकार), काजोल, रश्मी भट्ट, जानुका पौडेल, पुष्प आचार्य, थमन सिंह लगायतको अभिनय रहेको छ ।

भूपतिको लेखन बनेको फिल्ममा दिपक बज्राचार्यको छायांकन तथा हरि सिलवालको सम्पादन रहेको छ।

Got Something To Say: