अमेरिकाको वोस्टनमा गुञ्जदै उदय–मनिला सोताङ

काठमाडौं– चर्चित गायक,गायिका उदय सोताङ र मनिला सोताङ अमेरिकाको वोस्टनमा गुञ्जने भएका छन्। जात्रा नेपाल र नेपाली वेबसाइटको संयुक्त आयोजनामा हुन लागेको ‘उदय–मनिाल सोताङ लाइभ इन वोस्टन’कार्यक्रममा सोताङ जोडी वोस्टनमा गुञ्जन लागेको हुन्। कार्यक्रममा अभिनेता दिलिप रायमाझीकोले पनि विशेष नृत्य प्रस्तुती दिने छन्।

आँउदो डिसेम्वर दुई आइतबार स्थानिय समय अनुसार साँझ ६ः३० देखि उक्त कार्यक्रम सुरु हुने कार्यक्रमका आयोजक सुरेस वाग्लेले जानकारी गराए। वोस्टनको रिजेन्ट थिएटर मेडफोर्डमा हुने कार्यक्रमको रुपालक्ष्मी साह र विक्की पुलामी खडकले उद्घोषण गर्ने छन्।

कार्यक्रममा आयोजक वाग्लेको निमार्ण तथा रचना गरिएको ‘तिमि साथ भएपछि’ बोलको गजल एल्वम पनि सार्वजनिक गरिने छ। उदय–मनिला, शिव परियार, अञ्जु पन्त, बुद्ध लामलगायतको स्वर रहेको उक्त एल्वममा १० वटा गजल समावेस छन्। एल्वमलाई नेपालमा भने यस अघिनै सार्वजनिक गरि सकिएको छ।

 

Got Something To Say: