अमेरिकाको बोष्टनमा अन्तराष्ट्रिय महिला दिवस भव्यताका साथ सम्पन्न

बोस्टन–नेपाली वोमेन ग्लोबल नेटवक ( एनडब्लुजिएन) अर्थात् बिश्व महिला सँजाल बोष्टन च्याप्टरले भव्य रुपमा अन्तराष्ट्रिय महिला दिवस मनाएको छ। बिश्बप्रसिद्द एम आइ टि युनुभर्सि्टि स्थित एक हलमा गत मार्च १०, आइतबार भव्य कार्यक्रमका साथ उक्त दिवस मनाइएको हो।

महिला अधिकार र समानताका ,महिलाका हकहित सुरक्षाका, शिक्षा स्वास्थ्यसँगै विभिन्न विधा विषयक कार्यक्रममा अन्य थुप्रै गीत संगित र साहित्यिक कार्यक्रमका साथ दिवस सम्पन्न गरिएको हो।

कार्यक्रममा क्यालिफोर्निया देखि न्यु ह्याम्सायर सम्मका महिला अधिकारकर्मी महिला दिदीबहिनीहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा डा विद्या रन्जित , डा प्रतिमा उपाद्याय, जेसीका फ्यान, रहिम्सा पनेरु र छत्र गुरुङले सम्बोन्धन गरेका थिए। मडलसा गुरुङको प्रमुख आतिथ्यताम सम्मपन्न कार्यक्रममा एनआरएन एनसीसी युएसएकी इन्दिरा त्रिपाठीको बिशेष अतिथीको रुपमा उपस्थित रहेको थियो।

कार्यक्रममा बोष्टन च्याप्टर नब निर्बा्चित कार्य समितिको पदस्थापना समेत सम्पन्न भएको छ। दुइबर्षे कार्यकाल पुरागरि निवर्तमान अध्यक्ष तथा समाजसेवी निर्मला शेरचनले नबनिर्वाचित अध्यक्ष शान्ती जोशीलाई बधाई तथा शुभकामना सहित पदभार हस्ताँतरण कार्यक्रम समेत सम्पन्न भयो।

बोष्टन च्याप्टर नब निर्बा्चित कार्य समिति

 

Got Something To Say: