विश्वकप फुटवलमा आज पनि २ खेल हुँदै, बार्जीलको जित्ने सम्भावना कती ?

काठमाडौं – गत जेठ ३१ बाट रुसमा जरि विश्वकप फुटबलको प्रि क्वाटरफाइनलमा आज ब्राजिल र मेक्सिको तथा बेल्जियम र जापान भिड्ने भएका छन् ।

पाँच पटकको विश्वकप विजेता ब्राजिल र लेटिन अमेरिकी राष्ट्र मेक्सिकोबीचको वेलुकी पौने ८ बजे खेल सुरु हुने छ ।

विश्वकप फुटबलको समूह ई मा रहेको ब्राजिल समूह विजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

तर आज उसलाई यो खेल जित्न केहि चुनौति रहेको छ । मेक्सीको पनि ब्राजिललाई हराउने तर्फ लागेकको छ ।

पहिलो खेलमा स्विट्जरल्याण्डसँग १, १ गोलको बराबरीमा रोकिएको ब्राजिलले दोस्रो खेलमा कोष्टारिकालाई २ ० ले तथा अन्तिम खेलमा सर्वियालाई २ ० ले हराएको थियो ।

उता मेक्सिको भने समूह एफ को उपविजेताको रुपमा राउण्ड अफ सिक्सटिनमा पुगेको हो ।

समूहका खेलमा जर्मनी र दक्षिण कोरियालाई हराएको मेक्सिको स्वीडेनसँग भने पराजित भएको थियो ।

आजै राति पौने १२ वजे बेल्जियम र जापान भिड्नेछन् ।

बेल्जियम समूह जी को विजेता तथा जापान समुह एफको उपविजेताको रुपमा नकआउट चरणमा पुगेका हुन् ।

समूह का सबै ३ खेल जितेको बेल्जियम उपाधि दावेदार टोली हो ।

जापान भने एसियाबाट राउण्ड अफ सिक्सटिनमा पुग्ने एक मात्र टोली हो ।

Got Something To Say: