विश्वकप नकआउट चरणको पहिलो दिननै फ्रान्स र अर्जे्न्टिनाको भिडन्त, कसले मार्ला बाजी ?

एजेन्सी । विश्वकपमा छनौट चरणका खेलहरु सकिएर अब पालो नकआउट चरणको आएको छ। यस क्रममा नकआउट चरणको पहिलो दिननै भिड्न आईपुगेका छन् विश्वकप दाबेदार टिा फ्रान्स र अर्जे्न्टिना ।

दुवै टोली यो भिडन्तबाट खुसी होलान या नहोलान पनि । विश्व फुटबलका दुई बलिया टोलीको प्रि क्वार्टरफाईनल भेट चाहना भन्दा समिकरणले तय गरेको छ । पक्का छ, दुई मध्य एक टोली आज घर फर्कने । विजेता टोली विश्वकप उपाधिको यात्रामा अगाडी बढ्ने छ ।

दर्शकका लागि पक्कै पनि नकआउट चरणको पहिलो खेल बहुप्रतिक्षित छ । भनिन्छ, नेपालमा सबैभन्दा धेरै फ्यान अर्जेन्टिनाका छन् ।

लियोनल मेस्सीलाई मन पराउने स्वत अर्जे्िन्टनी फ्यान हुने भईहाले । तर एउटा डर छ, अर्जे्िन्टनाले लामो यात्रा तय गर्छ वा अब घर फर्कन्छ भन्नेमा ।

विश्वकपको सुरुवाती प्रर्दशनले अर्जे्िन्टनाको विश्वकप यात्रा कठिन मोडमा आईपुगेको विश्लेषण हुन थालेको छ ।

अझ विश्वकपको सबैभन्दा बलियो प्रतिद्धन्दी फ्रान्ससंगको भिडन्त अर्जे्िन्टनालाई समस्यामा पार्ने धेरैको आँकलन रहेको छ ।  कारण, अर्जे्िन्टनाको पछिल्ला केहि खेलमा देखिएको कमजोर प्रर्दशन ।

उसले समूह चरणमा विश्वकपको नवप्रवेशी टोली आइसल्याण्डसंग १–१ गोलको बराबरी खेल्यो ।

अर्को खेलमा क्रोयसियासंग ३–० ले पराजित हुन पुग्यो । सन् २०१४ को फाईनल खेलेको अर्जे्िन्टनाले अन्तिम खेलमा नाईजेरियाविरुद्ध २–१ को संघर्षपुर्ण जित निकाल्दै अन्तिम १६ मा अटाएको हो । अझ भनौ समूह चणको आफु अनुकुल समिकरणले अर्जे्िन्टना ४ अंक जोड्दै नकआउट चरणमा स्थान पाएको हो ।

समूह चरणको संघर्षपुर्ण यात्रापछि अर्जे्िन्टनाको ध्यान अब नकआउट चरणको आजको खेल कस्तो हुने भन्नेमा रहेको छ ।

जहाँ प्रतिद्वन्द्वीको रुपमा फ्रान्स उभिएको छ । ‘हामी त्यस्तो टोलीसंग प्रतिस्पर्धा गर्न गईरहेका छौ । जो व्यक्तिगत रुपमा उत्कृष्ट खेलाडीले भरिएको छ ।’

अर्जे्िन्टनी प्रशिक्षक जर्ज साम्पोली भन्छन्, ‘फ्रान्स प्रतियोगिताको सबैभन्दा बलियो दाबेदार हो । हामीलाई कठिन प्रतिद्वन्द्वीविरुद्ध जित निकाल्न निकै संयमताकासाथ प्रर्दशन गर्न आवश्यक छ ।’

‘मेस्सीको इशाराले मलाई गर्व गराउछ । उनीलाई सबै थाहा छ, मैले गर्न सक्ने जति सबै गरेको छु ।

’ साम्पोलीले थपे, ‘हामीले रुस आउदाँ हाम्रा सपनालाई बाँडेका थियौ र हामी अर्जे्िन्टनाकालागि केही उपलब्धी हासिल गर्न आएका हौ ।’

अर्जे्िन्टनाको प्रर्दशन मेस्सीको गतिबाट प्रभावित छ । अझ भनौ, उनैमा अर्जे्िन्टनाको गति र लय अडिएको छ ।

तर फ्रान्सेली गोलकिपर ह्युगो लोरिस अर्जे्िन्टनी टोली एक व्यक्तिमा मात्र केन्द्रित भएको मान्न तयार छैनन् ।

‘मेस्सीबाट धेरै अपेक्षा गरिएको छ । मलाई लाग्छ त्यो सामान्य हो । तर अझैपनि अर्जे्िन्टनी टिमले देखाउने चिज धेरै बाँकी छ जस्तो लाग्छ ।’

उनी भन्छन् । ‘उनीहरु कठिन समयबाट गेज्रीए । तर उनीहरु छनोट हुन सफल भए । मलाई लाग्छ उनीहरु प्रतियोगितामा अगाडी बढ्न खोजिरहेका छन् ।

उनीहरु उपाधिसम्म पुग्न खोजिरहेका छन् ।’ उनले थपे ।

फ्रान्सका बेन्जामिन मेन्डेले चोटका कारण आजको खेल गुमाउनेछन् । प्रशिक्षक डिडियर डेसच्याम्पले लुकास हर्नाल्डेजलाई आजको खेलमा उतार्न सक्नेछन् ।

तर अर्जे्िन्टनी टोलीमा कुनै समस्या छैन् । नाईजेरियाविरुद्धको पछिल्लो सेटनै आजको खेलमा उत्रनेछ ।

विश्वकपमा दुवै टोली पहिलो पटक नकआउट चरणमा भिड्न लागेका हुन् ।

Got Something To Say: