‘विश्वकप हेर्नकै लागि घरमा सेटअप बक्स जोडेँ, कलाकार राजाराम पौडेले

काठमाडौं – खेलप्रेमीहरुका लागि उत्सवको रुपमा आजबाट विश्वकप २०१८को औपचारिक सुरुवात हुदै छ। यसमा संसारभरका मानिसहरुको चासो बढेको छ। सामाजिक सञ्जाल, टिभि, रेडियो, पत्रपत्रीका देखि व्यक्ती व्यक्तीले विश्वकपको चर्चा गरिरहेका छन्।

यस प्रसंगमा नेपाली कलाकारहरुपनि उतिकै सक्रिय छन्। उनिहरु आफ्नो आफ्नो सपोर्टका टिम र खेलाडीहरुले जितोस् भन्ने शुभकामना सहित सामाजिक सञ्जालमा सक्रिय देखिन्छन्। कतिपय कलाकारहरुहले मनपर्ने टिम र खेलाडीको जर्सी लगाएरै विश्वकपमा आफ्नो रुची प्रदर्शन गरिरहेका छन् ।

यसरी आफ्नो सपोर्टको टिम र खेलाडी चयनगर्नेहरुमा केकी अधिकारी, प्रियंका कार्की, बेनीसा हमाल, जितु नेपाल, बद्री पंगेनी लगायतले आफ्नो सपोर्टमा खुलेरै बोलिरहेका छन्। भने कति कलाकारहरु यस बिषयमा अनविज्ञछन्।

यसै विषयमा नेपाली वेभसाइटसँग कुरा गर्दै हास्य कलाकार राजाराम पौडेलले आफ्नो वल्र्डकप बिशेष तयारिका बारेमा बोेलेका छन्। खासमा उनि फुटवलका फ्यान हुन्। तर खास टिम र खेलाडीभने उनले छनौट गरेका छैनन्। किनकी उनि यस बिषयमा निकै चतूर देखिन्छन्। भन्छन्,‘खेलनै नहेरी के यो टिम त्यो टिम भन्नु। खेल हेर्नेहो टिम छनौट गर्नेहो।’

२०१८को वल्र्डकप हर्नकै लागि राजारामको राम्रै तयारी छ। यस पटक उनले वल्र्डकप हेर्नकै लागि सेटअप बक्स जोडेका छन्। त्यो पनि हिजो अर्थात बुधबार मात्र। यस पटक राजारामलाई विश्वकप हेर्न फुर्सद पनि मिलेको छ। भन्छन् ‘म यस पटक विश्वकप पुरै हेर्छुहोला किनकी म यसपटक त्यती व्यस्त छैन।’

Got Something To Say: