बिश्वको दोस्रो ठूलो क्लार्क अवार्ड नेपाली मूलका अर्थशास्त्री पराग पाठकलाई

काठमाडौं – नोबेल पुरस्कार पछिको दोस्रो ठूलो मानिने क्लार्क अवार्ड २०१८ नेपाली मूलका अमेरिकी अर्थशास्त्री पराग पाठकलाई प्रदान गरिने भएको छ । अर्थशास्त्रको अध्ययन तथा अनुसन्धानमा विशिष्ट योगदान पु¥याए बापत उनलाई उक्त सम्मान प्रदान गरिन लागिएको अमेरिकन इकोनोमिक एशोसिएसनले उल्लेख गरेको छ । ४० वर्ष भन्दा कम उमेर समूहका युवा अर्थशास्त्रीलाई प्रदान गरिने उक्त अवार्ड प्राप्त गर्ने पाठक पहिलो नेपाली मूलका अर्थशास्त्री हुन् ।

अर्थशास्त्र तथा प्रविधि क्षेत्रमा विश्वभर लोकप्रिय रहेको म्यासाच्युसेटस इन्स्टिच्ुट अफ टेक्नोलोजी (एमआइटी)मा प्राध्यापक रहेका ३७ वर्षे पाठकले शिक्षा क्षेत्रका नीति तथा बजार डिजाइनबारे गरेको अध्ययनका लागि अवार्ड प्रदान गर्न लागिएको हो ।
पाठको अध्ययनले सार्वजनिक विद्यालयका शिक्षा प्रणाली सुधार गर्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गरिएको छ । विद्यालयको शिक्षासम्बन्धी तथा अन्य क्षेत्रमा उनले गरेका अध्ययनले शिक्षा क्षेत्रको गुणस्तरीय विकासका लागि नयाँ प्रणाली विकास गर्नु पर्ने धारणाको बिकास भएको छ।
सार्वजनिक नीतिको संज्ञानात्मक तथा प्रायोगिक प्रणाली सम्बन्धी नवीन अवधारणा प्रस्तुत गरेका उनको नीतिगत सुझावको प्रभाव धेरै सकारात्मक मानिन्छ । ‘पाठकको अध्ययनले सार्वजनिक विद्यालयका लाखौँ विद्यार्थीको अवस्था परिवर्तन गर्न महत्वपूर्ण योगदान गरेको छ । क्लार्क मेडलका लागि उनी उपयुक्त उम्मेद्वार मानिएको अमेरिकन इकोनोमिक एशोसिएसनले उल्लेख गरेको छ ।

पुरस्कारका लागि छनौट भएको पाठकको परिचय

सन् १९८० मा जन्मिएका ३७ वर्षीय पराग पाठक बुबाआमा काठमाडौँबाट अमेरिकाको न्युयोर्क शहर सरेपछि त्यही बाल्यकाल बिताए थिए । उनले हावर्ड विश्वविद्यालयबाट एप्लाईड म्याथम्याटिक्स विषयमा स्नातक र स्नातकोत्तर समेत गरेका छन् ।
‘द पाउल एन्ड डेजी सोरोस फेलोसिप फर न्यू अमेरिकन’ नामक छात्रवृत्ति पाएर सन् २००७ मा व्यवसायिक अर्थशास्त्र (बिजनेश इकोनोमिक्स) विषयमा विद्यावारिधी गरेका पाठकले सन् २००२ देखि सन् २००३ सम्म अमेरिकाकै युनिभर्सिटी अफ टलजमा भिजिटिङ फेलाको रुपमा सेवा गरेका थिए ।
पाठकले सोही समय नोबेल पुरस्कार विजेता जिन टिरोलसँग पनि अर्थशास्त्र विषयको अध्ययन गरेका थिए ।

Got Something To Say: