गायक शिव परियारको स्वरमा रहेको ‘आशुको अर्थ २’ बजारमा (लिरिकल भिडियो सहित)

काठमाडौं– गायक शिव परियारको स्वरमा रहेको नयाँ गीत ‘आशुको अर्थ २’को लिरिकल भिडियो सार्वजनिक भएको छ । गतबर्ष सार्वजनिक भएको ‘आशुको अर्थ’को सफलतासगै गायक परियारले ‘आशुको अर्थ २’को लिरिकले भिडियो बजारमा ल्याइएका हुन्।

शुक्रबार चितवनको भरतपुरमा आयोजना गरिएको एक कार्यक्रमका बिच गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो । सञ्चारकर्मी रवि अधिकारीको शब्द रचना रहेको गीतमा दिपक शर्माको संगीत रहेको छ। गीतको लिरिकल भिडियो सार्वजनिक गर्दै रचनाकार अधिकारीले यसको म्युजीक भिडियोपनि दशैं पछि तत्कालै सार्वजनिक गरिने जानकारी दिए।

निकेश खड्काको निर्देशन रहेको उक्त म्युजीक भिडियोमा अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता आकाश श्रेष्ठको अभिनय देख्न सकिने छ।

Got Something To Say: