अमेरिकामा कार दुर्घटनामा परी २० को मृत्यु

काठमाडौं – अमेरिकाको न्यूयोर्कमा एउटा पार्टीमा सहभागी हुन जादै गरेका मानिस चढेको लिमोजिन कार दुर्घटना हुँदा २० जनाको मृत्यु भएको छ ।
न्यूयोर्कको शोहारी शहरमा भएको दुर्घटनामा ज्यान गुमाउनेमध्ये १८ जना सुविधासम्पन्न लिमोजिन कारमा सवार यात्रु थिए भने दुई जना पैदलयात्री थिए ।

अधिक गतिमा रहेको आशंका गरिएको लिमो कारले पहिला एउटा अर्को कारलाई ठक्कर दिएपछि अनियन्त्रित भई रुखमा ठोक्किन पुगेको थियो ।

कारमा सवार सबै १८ जना कनै भोजमा हिँडेको बताइएको छ ।
शुरुमा एउटा विवाह समारोहमा हिंडेको बताइए पनि केही सञ्चारमाध्यमले उनीहरु एउटा जन्मदिनको कार्यक्रममा सहभागी हुन गईरहेको दावी गरेका छन् ।
घटनाबारे प्रहरीले अनुसन्धान थालेको छ । विश्वकै सुविधासम्पन्न मानिने लिमोजिन दुर्घटनामा यती धेरैको ज्यान गएको संभवतः यो पहिलो घटना हो ।(एजेन्सी)

Got Something To Say: