फिल्म ‘आप्पा’ को नयाँ गीत ‘साउने झरी’ सार्वजनिक [भिडियाे]

काठमाडाैं- अभिनेता दयाहाङ राई अभिनित फिल्म ‘आप्पा’ को नयाँ गीत ‘साउने झरी’ सार्वजनिक भएको छ।

विज्ञान बराइलीको स्वर तथा उमेश उपमाको शब्द रहेको गीतमा अनमोल गुरुङ र सैकत देवको संगीत सुन्न सकिन्छ। गीतको भिडियोमा बावु छोराको प्रेमभाव दर्शाइएको छ।

अनमोल गुरूङको लेखन, निर्देशन तथा सम्वादमा निर्माण भएको फिल्म असार १३ गतेबाट प्रदर्शनमा आउने छ। माउन्टेन स्टोरीज प्रोडक्सन र सिनेमा आर्टको संयुक्त ब्यानरमा निर्माण भएको फिल्मले बावु छोराको सम्बन्धको कथा बोल्छ।

रुदेन सादा लेप्चाको लगानी रहेको फिल्ममा सिद्धान्त राज तामाङ, अल्लोना काबो लेप्चा, तुलसी घिमिरे, अरुणा कार्कीलगायतका कलाकारको अभिनय छ।

फिल्मलाई शैलेन्द्र डि. कार्कीले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका हुन्।

भिडियाे

https://youtu.be/AeqRgUxtMmI

Got Something To Say: