एकल साँझमा गुञ्जदै संगीतकार अर्जुन पोखरेल साथमा सुप्रशिद्ध गायक गायिका पनि
काठमाडौं– चर्चित संगीतकार अर्जुन पोखरेल अब एकल साँझमा गुञ्जने भएका छन्। संगीत क्षेत्रमा व्यवसायिक रुपमा आवद्ध भएको करिव एक दशक लामो सांगीतिक यात्रा पछि विन्दवासिनी फाउन्डेशनको आयोजनामा हुनलागेको ‘विन्ध्बासिनी संगीत साँझ’मा पोखरेल गुञ्जन लागेका हुन्।
प्रेम कथानाक चलचित्रहरुमा उत्कृष्ट पाश्र्व संगीत पस्कदै आएका पोख्रेरलका दजनौं चर्चित गीत संगीतहरु नेपाली बजारमा संग्रहीत छन्। उनै पोख्रेल अब भने एकल साँझमा गुञ्जने अन्तिम तयारीमा जुटेका हुन्। लोक, पप, आधुनीक, पाश्र्व लगायतका थुप्रै विधामा आफ्नो सांगीतिक उपस्थिती जनाउदै आएका पोखरेल गायनमा पनि उतिकै सक्रिय छन्।
उनले फिल्म ‘ठमेल डट कम’मा समावेश ‘मेरो सुखले दिन ढल्दैन’, फिल्म ‘म यस्तो गीत गाउँछु’मा समावेश ‘किन आजकाल तिम्रो मन मैलो भो’, ‘पिँजडा ब्याक अगेन’मा समावेश ‘तिमी नि आधा…’लगायतका गीतमा आफ्नो स्वर दिइसकेका छन्। यीनै विभिध रचनाहरुका साथ संगीतकार पोखरेल यहीँ असोज २७ गते साँझ जमल स्थित राष्ट्रिय नाचघरमा गुञ्जने छन्।
शनिबार दिउँसो ३ बजेबाट सुरु हुने उक्त कार्यक्रममा पोखरेलका साथमा चर्चीत गायक–गायिकाहरु, अञ्जु पन्त, शिप परियार, सुगम पोखरेल, मञ्जु पौडेल, रामजी खाँड, दुर्गा परियार, सुरेश लामा, सान्तोष लामा, स्वेच्छा ठकुरी, दर्गा खरेल, निशान भट्टराई लगायतको प्रत्यक्ष प्रश्तुती रहने छ।
कार्यक्रममा गायिका अञ्जु पन्तले ‘तिमि रोएको पल’, ‘म यस्तो गीत गाँउछु’, ‘भन्छु आज’लगायतका गीतमा स्वर भर्नेछिन् भने अन्जुका साथमा गायक सुगम पोखरेलको डोएट प्रस्तुती रहने छ।
त्यसैगरि, गायक शिव परियारले ‘सुन्छु तिमिले मलाई भुल्नै आटेकी छौ रे…’, लोक दोहोरीमा गायिका मञ्जु पौडेल र गायक रामजी खाँडले, ‘तिमि लाइटर म भए चुरोट…’ दुर्गा खरेलद्धारा, ‘मलाई हैरान बनायो यो कोले काले केटाले र अर्जुन पोखरेलेको पहिलो पाश्र्व संगीत रहेको गीत ‘छुट्छकी साथ…’लगायतका गीतहरुबाट कार्यक्रमलाई थप भव्य बनाइने छ। त्यसैगरि सन्तोस लामा र स्वेच्छा ठकुरीले ‘मैले सोचेको जस्तै’, निसान भट्टराई र सुनिता थेगिमले ‘तिम्रो आखाँमा आँशु हेरी हास्ने दिन नआओस’ र सुरेश लामा, सुनिता थेगीम, निसान भट्टराई, स्वेच्छा ठकुरीले म्यासअप गरि विभिन्न गीतहरुमा स्वर दिने छन्।
बिशेष गरि एक दशक लामो व्यवसायिक सांगीत यात्रा पछिको यो भव्य सांगीतिक माहोलमा आफ्ना प्रश्तुतीहरु पश्कने अवसर पाँउदा आफु निकै उत्साहित रहेको संगितकार पोखरेलले नेपाली वेबसाइटलाई सनाए। देशका अग्रज कलाकमी तथा दर्शकहरुको उपस्थिती रहने भव्य कार्यक्रमको आयोजान गरिदिने विन्दवासिनी फाउन्डेशन प्रति पनि पोखरेल आभारी देखिए।
Got Something To Say:
You must be logged in to post a comment.