अब सवै भुकम्पपिडितले पुरै रकम पाउने सरकारी निर्णय

काठमाडौं– सरकारले सबै भूकम्पपीडितलाई चालू आर्थिक वर्ष २०७५ र ७६ भित्रै पूरै किस्ता रकम वितरण गर्ने निर्णय गरेको छ।

हालसम्म करिब सबा २ लाख भूकम्पपीडितले मात्रै पूरा किस्ता अनुदान पाएका छन्। कुल लाभग्राही संख्या भने करिब पौने ९ लाख रहेको छ।

बाँकी लाभग्राहीलाई चालू आवमै पूरा किस्ताबापतको रकम वितरण गर्ने निर्णय सरकारले गरेको हो।

पुनर्निर्माण प्राधिकरणको बिहीबार बसेको निर्देशक समितिको बैठकले शहरी क्षेत्र, परम्परागत बस्ती र बस्ती स्थानान्तरणबाहेकका हकमा सबै लाभग्राहीलाई चालू आवमै पूरै किस्ता रकम वितरण गर्ने निर्णय गरेको हो।

त्यस्तै, पुनर्निर्माणका काम अब स्थानीय तहबाटै अघि बढाउने र त्यसको अनुगमन जिल्ला तह (जिल्ला समन्वय समिति) बाट गर्ने निर्णयसमेत भएको बताइएको छ ।

जसअनुसार पुनर्निर्माणको निरीक्षण, प्रमाणीकरण, अनुदान रकम वितरण लगायतका काम स्थानीय तहबाट र अनुगमनको काम जिल्ला समन्वय समितिबाट हुने बताइएको छ।

Got Something To Say: