९ दिन बाट मनाइदै आएको बिस्केट जात्रा सम्पन्न

भक्तपुर – भक्तपुरमा ९ दिन ८ रातसम्म मनाइने प्रसिद्ध बिस्केट जात्रा बुधबार रातिबाट समाप्त भएको सम्पन्न छ। गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर सुरु भएको जात्रा गःहिटीबाट रथ तानेपछि समाप्त भएको हो।

विसं अनुसार सौरमासका आधारमा चल्ने यो जात्रा नव वर्षको ४ दिनअघिदेखि तान्त्रिक विधिअनुसार प्रारम्भ गरी बैसाख ५ गते रथ तानेर जात्रा सम्पन्न गर्ने चलन रहेको छ।

जात्राको अन्तिम दिन बुधबार साँझ गःहिटीबाट रथ तान्न सुरु गरिएको थियो। स्थानीयले गःहिटीबाट तल र माथिका बासिन्दाले माथितर्फ गरी आआफ्नो क्षेत्रमा लैजान रथ तानेर जात्रा मनाईएको थियो ।

जात्रा शान्तिपूर्ण रुपमा सम्पन्न भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए। जात्रामा हिंसा हुन नदिन एक हजार ३ सय प्रहरी परिचालन गरिएको थियो।

Got Something To Say: