ब्राजीलको शानदार जित, अर्जेन्टिना बराबरीमा रोकिन बाध्य

अन्तर्रा्ष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा ब्राजिलले जित हात पारेको छ। बुधबार भएको खेलमा एल साल्भाडोरलाई ५–० गोलले पराजित गर्दै जित हात पारेको हो। ब्राजिलको जितमा रिचार्ड्लिसनले २ गोल गरे भने नेइमार, काउन्टिन्हो र मार्किन्होसले १–१ गोल गरेका थिए ।

खेलको चौथो मिनेटमा नेइमारले पेनाल्टीमा गोल गरेर ब्राजिललाई अग्रता दिलाएका थिए । १६ औं मिनेटमा इंग्लिस क्लब एभर्टनका फरवार्ड रिचार्ड्लिसनले ब्राजिलको अग्रता दोब्बर पारेका थिए । काउन्टिन्होले ३० मिनेटमा ब्राजिलका लागि तेस्रो गोल गरेका थिए। दोस्रो हाफ सुरु भएको पाँचौ मिनेटमा रिचार्ड्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दा ब्राजिल ४–० गोलले अघि बढ्यो। खेलको अन्तिम मिनेटमा मार्किन्होसले पाँचौ गोल गरेपछि ब्राजिलले सजिलो जित हात पार्न सफल भयो ।


उता अर्को खेलमा अर्जे्न्टिनालाई कोलम्बियाले गोलरहित बराबरीमा रोकेको छ । नियमित कप्तान मेसी बिना अर्जे्न्टिना मैदान उत्रिएको थिया े । अमेरिकाले मेक्सिकोलाई १–०, भेनेजुएलाले पानामालाई २–० गोल र इक्वेइडरले ग्वाटेमालालाई पनि २–० गोलले हराएका छन्।

एजेन्सी

Got Something To Say: