बुधबार साँझ बाट नेपाल टेलिभिजनमा मेघा सिरियल “डियर जिन्दगी” प्रसारणमा

काठमाडौँ– बुधबारबाट नेपाल टेलिभिजनमा मेघा सिरियल “डियर जिन्दगी” प्रसारणमा आउने भएको छ।

नेपालीहरूको महान चार्ड मडादशैंको आज घटस्थापना। यहीँ अवसरमा आजदेखी नेपाल टेलिभिजनवाट मेघा सिरियल ‘डियर जिन्दगी’ प्रसारणमा आउने भएको छ। राति ७ः०५ बजेबाट प्रसारणमा आउने उत्त सिरियलले नेपाली समाज भित्रका परिवारहरुको वास्तिविक कथा बोल्ने छ।

यस सिरियललाई रामकृष्ण बिसिले निमार्ण गरेका हुन भने जनकदीम पराजुलीले निर्देशन गरेका हुन्। कि इन्टरटेन्मेन्टको प्रस्तुति र पिएनपी मिडियाको निर्माण रहेको सिरियलको केहि दिनअघि ट्रेलर समेत सार्वजनिक गरिएको थियो ।

वसन्त पोखरेलको लेखन र सहनिर्देशन रहेको सिरियलमा सुनील थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, पुस्करजंग थापा, अर्जुन गौतम, वसन्त पोखरेल, एलिना गौतमलगायतका कलाकारले अभिनय रहेको थियो।

सिरियलमा युवराज खत्री कार्यकारी निर्माता र सञ्चारकर्मी रघुनाथ सापकोटा सहनिर्माता रहेका छन् ।

ट्रेलर

Got Something To Say: