बोगटीसँग माफि माग्दै छुटे कलाकार खनाल

काठमाडाैं – चरित्रहत्या गरेको आरोपमा मंगलवार पक्राउ परेका कलाकार देशभक्त खनाल रिहा भएका छन् ।
फेसबुकमा चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीलाई लक्षित गर्दै स्टाटस लेखेपछि उनलाई प्रहरीले मंगलवार पक्राउ गरेको थियो ।
बुधवार महानगरीय प्रहरी परिसर टेकुमा अध्यक्ष बोगटीसँग माफी मागेपछि उनी छुटेका हुन् ।

आज उप्रान्त कसैको चरित्र हत्या नगर्ने र फेसबुकमार्फत् माफी माग्ने कागजी सम्झौता पश्चात् प्रहरीले उनलाई छोडेको हो ।

खनालले रिहा भए लगत्तै फेसबुकमा एक स्टाटस लेख्दै कलाकार संघका अध्यक्ष रामकेशर बोगटीसँग माफी मागेका छन् ।

आवेशमा आएर अनावश्यक शब्द लेखिन गएको भन्दै उनले क्षमा समेत मागेका छन् ।

केही दिन अगाडि उनले अध्यक्ष बोगटी भू माफिया र भयानक ठग भएको भन्दै फेसबुकमा स्टाटस लेखेका थिए ।

उक्त स्टाटसले आफ्नो चरित्रहत्या भएको भन्दै अध्यक्ष बोगटीले उजुरी दिएपछि कलाकार खनाललाई प्रहरीले पक्राउ गरेको थियो ।

Got Something To Say: