ए मेरो हजुर ३मा अनमोलका साथमा अब अर्पणको अभिनय

काठमाडौं – अभिनेत्रि झरना थापाको निर्देशनमा निमार्ण हुन लागेको नेपाली कथानक चलचित्र ए मेरो हजरु ३ मा कलाकार थपिरहेका छन् ।

यसअघिमात्र चलचित्र लभ स्टोरीमा अनुबन्धित भएका कलाकार सलोन बस्नेत अब भने झरनाको ए मेरो हजरु ३ मा अनुबन्धित भएका छन् ।

यस्तै अब्बल अभिनय भएका कलाकार अर्पण थापा पनि यस चलचित्रमा अनुबन्धित भएका छन् ।

निर्देशक थापाले ‘ए मेरो हजुर ३’ का लागि अभिनेता थापासँग शनिबार मात्रै सम्झौता भएको जानकारी दिएकी छन् ।

चलचित्रमा अर्पणको भूमिका महत्वपूर्ण हुने निर्देशक थापाको भनाई रहेको थियो ।

अब चलचित्रमा अनमोल केसी, सुहानी थापा, सलोन बस्नेत र अर्पण थापाको मुख्य भूमिका रहने बताईको छ ।

कलाकारको टुङगागे लागेपछि ‘ए मेरो हजुर ३’ को छायाँकन असोज ५ गतेबाट सुरु हुने बताइएको छ ।

चलचित्रलाई सुनिल कुमार थापले निर्माण गर्ने भएका हुन ।

चलचित्र आगामी चैत्र २९ लाई प्रर्दशन मिति तय गरिएको छ ।

Got Something To Say: