फिल्म ‘बादशाह जुट’को ‘काफल पाक्यो…’ सार्वजनिक (भिडियो)

काठमाडौं–आगमी पुष १३ बाट देशभर प्रर्दशनमा आउन लागेको फिल्म ‘बादशाह जुट’ को ‘काफल पाक्यो…’ बोलको गीतमा सार्वजनिक भएको छ। सोमबार राजाधानीमा पत्रकार सम्मेलन गरी फिल्म निर्माण टिमले उक्त गीत सार्वजनिक गरेको हो।
संगीतकार तथा गायक राजनराज शिवाकोटी र मेलिना राईको स्वर रहेको सार्वजनिक गीतमा डिपी खनालको शब्द रहेको छ भने कृष्ण भारध्वजले संगीत भरेका छन् । सार्वजनिक गीतमा फिल्मका कलाकारहरु शुसिल श्रेष्ठ, प्रियंका कार्की र आमिर गौतमको फिचरिङ देख्न सकिन्छ ।
जोनी सिंह राणाको निर्देशनमा तयार भएको फिल्ममा अभिनेत्री प्रियंका कार्की अतिथी कलाकारका रुपमा आउने छिन्। रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतको समेत अभिनय रहेको फिल्ममा विक्रम स्वाँरको कोरियोग्राफी तथा उत्तम हुमागाइँको छयांकन रहेको छ।
एच एण्ड बि फिल्मस् प्रा.लि.र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।

Got Something To Say: