बन्ने भयो फिल्म ‘प्रेमनाथ’

काठमाडौं – नेपाली फिल्म ‘प्रेमनाथ’को औपचारिक निमार्ण घोषणा भएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै निर्माण टीमले फिल्मको घोषणा गरेको हो। गणेश बेलबासेको निर्देशनमा उक्त चलचित्र बन्ने भएको हो।

प्रेम,रोमान्स ,कमेडी तथा सस्पेन्सयुक्त कथा रहने प्रेमनाथको छायांकन भारत र नेपालका विभिन्न स्थानहरुमा गरिने छ। आगामी जेठको दोस्रो हप्तामा फिल्म रिलिज गर्ने तयारी गरिएको प्रेमनाथमा कथा तथा पटकथा निर्देशक बेलबासेले बताए।

फिल्मलाई नेपाल तथा भारतमा एकैसाथ रिलिज गरिने छ। प्रेमनाथमा सुरविर पण्डित ,निर शाह, मोहन निरौला,मोनालिसा विष्ट तथा कीर्ति गौतम लगायतका कलाकारहरुको अभिनय रहनेछ।

 

Got Something To Say: