शुक्रवारबाट नेपाली हलमा चलचित्र साली कस्को भेनको को सोलो प्रर्दशन

काठमाडौं – आज शुक्रवारबाट नेपाली सिनेमा हलमा विल्सन विक्रम राई र मरिस्का पोख्रेल अभिनित चलचित्र साली कस्को भेनाको प्रर्दशनमा आएको छ ।
चलचित्र साली कस्को भेनाको सालो प्रर्दशनको मौका पाएको हो ,
थोरै संख्यामा मात्र नेपाली चलचित्रले सोलो प्रर्दशन पाउने गरेका छन् उक्त मौका यस चलचित्रले पाएको छ , तर यसको फाईदा चलचित्र लिन सक्छ या सक्दैन भन्ने कुरा भने शुक्रवार र भोली शनिवारको र्दशक प्रतिक्रियाले मात्र बताउने छ ।
निर्देशक भद्र भुजेलेको निर्देशन, पुष्प आचार्यको कथा लेखनमा निमार्ण भएको चलचित्रमा विल्सन, मरिस्काका अलवा कलाकार रजनी गुरुङ, सुस्मा कार्की, रवी गिरी, बुद्धी तामाङ लगायतको अभिनय रहेको छ ।
चलचित्र साली कस्को भेनाले यो हप्ता सोलो प्रदर्शनको मौका पाएपनि हलमा गत हप्ता प्रदर्शनमा आएका दुई नेपाली फिल्मको बर्चस्व भने कायमै छ। जसमा फिल्म रामकहानी र रोजले दोस्रो हप्तामा पनि हलमा राम्रो स्थान पाइरहेका छन्। यससँगै नेपाली हलमा नयाँ फिल्म ‘मनमर्जिया’, ‘द प्रिडेटर’ प्रर्दशनमा आएका छन्।
यसैगरि फिल्म ‘स्त्री’ र हलिउड फिल्म ‘द नन’पनि नेपालीहलमा प्रदर्शनरत छन्। यसैकारण यो चलचित्रलाई आफुले पाएको फाईदा उठाउन निकै मुकिस्ल देखिन्छ ।

Got Something To Say: